काठमाडौँबाट गाउँ फर्काउन हतार, सीमामा अलपत्र मजदुरलाई कसैले हेरेन

कञ्चनपुर – अध्ययन, कामकाज तथा अन्य कारणले काठमाडौँमा रहेका कञ्चनपुरवासीलाई गृह जिल्ला ल्याउन भीमदत्तनगरबाट दिनहुँ सवारी (बस) पठाउने काम भइरहेको भए पनि सीमावर्ती भारतीय बजारमा लामो समयदेखि आश्रय लिइरहेका नेपाली मजदुरलाई स्वदेश ल्याउने विषय अझै किनारा लाग्न सकेको छैन ।

काठमाडौँबाट कञ्चनपुर, कैलालीलगायतका जिल्लामा जान काठमाडौँमै रहेर प्रतिनिधिसभा सदस्यदेखि पूर्वमन्त्री, राजनीतिक दलका नेता र विद्यार्थी नेता अग्रसर रहेको देखिएका छन् ।

सामाजिक सञ्जालमा राहत वितरण र उद्धार गरी घर पठाउने विषयले चुनावी झझल्को दिए पनि झण्डै एक महिनादेखि घर आउन नपाएर सीमावर्ती भारतीय बजारका विद्यालयमा आश्रित नेपाली मजदुर घर ल्याउन जनप्रतिनिधिका साथै प्रदेश र स्थानीय सरकार गम्भीर भएको देखिँदैन ।

काठमाडौँलगायत बाहिरबाट यहाँ आइरहेका नागरिकलाई १४ दिन क्वारेन्टाइन राखेपछि मात्रै होम क्वारेन्टाइनमा राख्न कञ्चनपुरको स्थानीय प्रशासनले स्थानीय तहलाई सचेत गराए पनि कार्यान्वयन नहुँदा कोरोना भाइरसको सङ्क्रमण बढ्ने चिन्ता रहेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले काठमाडौँलगायत कुनै पनि ठाउँबाट मान्छे ओसार्न जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध नगराएको बताए ।  सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राख्‍न सम्बन्धित स्थानीय तहलाई परिपत्र समेत गरेको जानकारी दिए । -NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्