सात कस्तुरी मृत फेला, ६० वटा पासो पाइयो

काठमाडौँ – सगरमाथा राष्ट्रिय निकुञ्जभित्रको क्याङ्जु क्षेत्रको जंगलमाशिकारीले पासोमा परी सात वटा कस्तुरीमृग र एक ठूलो गिद्ध मरेको छ ।
लकडाउनका बेला शिकारीले थापेको पासोमा परी सात वटा कस्तुरीमृग र एउटा गिद्ध मरेको अवस्थामा फेला परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराजउपाध्यायले जानकारी दिए ।
पासोमा परी मृत भेटिएको कस्तुरी मृग मध्ये तीनवटाको ‘बिना’शिकारीले काटेर लगेको छ भने एउट कस्तृरीमृग‘बिना’ सहित मृत अवस्थामा फेला परेको छ । एउटा पोथी भएको र बाँकी तीन वटा कुहिएको अवस्थामा भएकाले शिकारीले ‘बिना’लगेको हो वा पोथी हुन् भन्ने कुरा अझै खुल्न सकेको छैन । पोथी कस्तुरीमृगको ‘बिना’हुँदैन ।
सगरमाथा राष्ट्रिय निकुञ्जको मूख्य क्षेत्रभित्र दर्जनौँ बस्ती रहेका छन् । तीमध्यखुम्बु पासाङ गाउँपालिका पनि निकुञ्जभित्र नै रहेको छ । सो गाउँपालिकाका खुम्जुङ,लौशाशा, खुन्दे, नाम्चे, त्याङबोचे गाउँ यो क्षेत्रमा पर्छन । आइतवार त्याङ्बोचे गाउँकी एक महिला जंगलमा निगालो काट्न जाँदा पासोमा कस्तुरीमृग मरेको देखेपछि निकुञ्ज र सेनालाई खबर गरिएको थियो ।
निकुञ्जको मूख्य कार्यालयबाट घटनास्थल निकै टाढा भएकाले सोमवार घटनास्थल पुगेको प्रमुख संरक्षण अधिकृत उपाध्यायले जानकारी दिए। उनले भने, म भर्खर घटनास्थल पुग्दैछु । एउटा कस्तुरीमृतको ‘बिना’हामीले झिकेर राखेका छौँ । चोरी शिकारीको खोजविन भइरहेको छ । शंकास्पद ठाउँमा गस्ती बढाइएको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनामगोल्ज्यान शेर्पाले भने, लकडाउनका मौका छोपेर त्यो वन क्षेत्रमा ६० वटा जति पासो थापेका रहेछन् । ती पासोमा परेर कस्तुरीमृग मरेको भेटिए । अहिले स्थानीय बासिन्दा, निकुञ्ज तथा नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको छ ।
अध्यक्ष शेर्पाका अनुसार मरेका कस्तुरीमृगको अवस्था हेर्दा एक हप्तायताको घटना हुन सक्ने देखिन्छ । चार वटा कस्तुरीमृगको शरिर कुहिएको अवस्था भेटिएको छ भने बाँकीभने हिजो अस्तिमात्र पासोमा परेको जस्तो देखिन्छ । – गाेरखापत्रअनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्