निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने

काठमाडौं – मापदण्ड पुगेका निजी क्षेत्रका प्रयोगशालाले पनि कोरोना भाइरस (कोभिड—१९) परीक्षण गर्न पाउने छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ परीक्षणका लागि प्रयोगशालाको न्यूनतम मापदण्डको ‘गाइडलाइन फर दी इस्ट्याबलिसमेन्ट एण्ड अपरेशनलाइजेसन अफ मोलिक्युलर ल्याबोरेटोरिज फर कोभिड १९’ नामको निर्दे्शिका जारी गरेसँगै निजी प्रयोगशालाहरुले पनि कोरोना भाइरस परीक्षण गर्न पाउने भएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले प्रयोगशाला सञ्चालन मापदण्ड पूरा गर्ने प्रयोगशालाले मन्त्रालयबाट छुट्टै अनुमति लिनुपर्ने बताए ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. देवकोटाले मुलुकभर १ सय ६ जना आइसोलेसनमा रहेकामध्ये ८ जना राजधानी काठमाडौं र ९८ जना उपत्यका बाहिर रहेको बताए । हालसम्म क्वारेन्टाइनमा २० हजार १ सय ९५ जना रहेका छन् ।– गाेरखापत्रअनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्