मानसिक तनाव कम गर्न इंग्लिस प्रिमियर लिग सुरु गर्ने बेलायतको तयारी

काठमाण्डौ – बेलायती सरकारले कोरोना भाइरसका कारण मानसिक तनाव कम गर्नका लागि इंग्लिस प्रिमियर लिग चाँडो सुरु गर्ने बताएको छ ।

हाल कोरोनाका कारण लकडाउनमा रहेका जनताले प्रिमियर लिग सुरु भएमा मानसिक रुपमा राहत महसुस गर्ने बताए ।

कोरोनाका कारण मार्च १३ ताखिरबाट प्रिमियर लिग स्थगित रहेको छ । यो सिजन सुचारु गर्नका लागि आयोजकले बन्द रंगशालामा लिग गराउने योजना बनाएको छ । तर त्यसका लागि सरकारको अनुमति चाहिने भएकाले प्रिमियर लिगले औपचारिक निर्णय गर्न सकेको छैन ।

बेलायत सरकारले आइतबारमात्र यो विषयमा बैठक गरेर निर्णय गर्ने बताएको छ । प्रिमियर लिगका प्रमुखले बन्द भएपछिको लिगलाई सुरु गर्न जुन आठ तारिखको समय तोकेका छन । जसका लागि उनले तथष्ट मैदानमा गर्ने बताएका छन ।

प्रिमियर लिगले क्लबहरुलाई मुख्य रंगशालाको सट्टा प्रशिक्षण मैदान वा तथष्ट मैदानमा खेलाउन सकिने बताएको छ । खेलाडीलाई लिग सुचारु हुनुभन्दा ६ साता अगाडी देखि होटेलमा राखिनेसक्ने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्