भारतमा कोरोनाबाट झण्डै ९ सयको मृत्यु, संक्रमितको संख्या २८ हजार नजिक

काठमाडौँ – कोरोना भाइरसको कारण भारतमा झण्डै ९ सय मानिसले ज्यान गुमाएका छन् ।
वल्ड्रो मिटरको पछिल्लो तथ्याङ्क अनुसार भारतमा यो भाइरसका कारण ८ सय ८१ जनाले ज्यान गुमाएका छन् । यहाँ संक्रमितको संख्या २७ हजार ८ सय ९० पुगेको छ । साढे ६ हजार भन्दा धेरै उपचार पछि निको भएका छन् । भारत कोरोना प्रभावित २० वटा देश भित्र परेको छ भने दक्षिण एसियामै भारत सबैभन्दा बढी प्रभावित मुलुक हो । भारतमा पछिल्लो समय दैनिक १ हजार देखि १५ सय सम्म कोरोनाबा विरामी भेटिदैछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्