अझै केहि दिन देशका विभिन्न ठाउँमा चट्याङ सहित पानी पर्ने

काठमाण्डौ – अझै केही दिन देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

पूर्वमा बनेको न्यूनचापीय क्षेत्रसँगै, पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडी र अरबसागरबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिरहेकाले अझै केही दिन देशभरकै मौसम पूर्ण रुपमा खुल्ने संभावना कम रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए ।

उनका अनुसार यसको प्रभावले आज पश्चिमका धेरै तथा मध्य र पूर्वका केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना पानी पर्नेछ । पुराना प्रणाली कमजोर भएपनि नयाँ प्रणाली सक्रिय हुने देखिएकाले अझै केही दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने क्रम चलिरहने उनले बताए ।

गएको २४ घण्टामा काठमाण्डौ मा २ दशमलव ६ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्