विराटनगरबाट आएका ७ वटा गाडी नागढुंगामा रोकिए, सोधपुछ गर्दै प्रहरी

काठमाडौं – काठमाडौंका बासिन्दालाई लिएर आउँदै गरेका बसहरु नागढुंगा नाकामा रोकिएका छन् ।
विराटनगर महानगरपालिकाले विराटनगरमा अलपत्र परेका १६० जनालाई राखेर पठाएका सात वटा बस माकाठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा रोकिएका हुन् ।
बसलाई नागढुङ्गामा रोकेर चेकजाँच र सोधपुछ भइरहेको प्रहरी स्रोतले बताएको छ ।
तर यता विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले भने समन्वय गरेरै विराटनगरमा अलपत्र परेका काठमाडौंका जनतालाई पठाएको बताएका छन् । सबैको स्वास्थ्य जाँच गरेको पठाएको हो उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्