स्थायी समिति बैठक नबोलाए विकल्प खोज्ने नेपाल निकट सदस्यहरुको चेतावनी

काठमाडौँ – केहि दिन अघि मन्त्रिपरिषद् बैठकले ल्याएको दल विभाजन सम्बन्धि अध्यादेश र संवैधानिक परिदषद् सम्बन्धिको अध्यादेशले नेकपामा भाँडभैलो मच्चिएको छ ।

नेताहरुले आफु निकटका स्थायी समिति सदस्यहरुलाई छुट्टा छुट्टै बोलाएर छलफल गरिरहेको स्रोतको दाबी छ । नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्थायी समिति सदस्यहरूले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले स्थायी समिति बैठक बोलाउन नमाने त्यसको विकल्पमा जान तयार हुनुपर्ने निष्कर्ष निकालेका छन् ।
वरिष्ठ नेता नेपालको कोटेश्वरस्थित निवासमा उनी निकट स्थायी समिति सदस्यहरूको छलफलमा यस्तो निष्कर्ष आएको हो ।

कोटेश्वरमा नेपाल निकटका स्थायी समिति सदस्यबीच छलफल चलिरहेका बेला नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आइपुगेका थिए । प्रचण्ड र नेता नेपालले प्रधानमन्त्रीलाई स्थायी समितिको बैठक बोलाउनुको विकल्प नरहेको भनेको कुरा ती सदस्यहरुलाई जानकारी गराएका थिए ।

’प्रधानमन्त्रीले पार्टी बैठक किन बोलाउनुपर्यो, हामी बसेर छलफल गरे भइहाल्छ नि भन्नुभएको छ । बैठक नगरी मिलाऊँ भन्ने कुरा छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ’उहाँले त्यसो भने पनि बैठकका लागि हाम्रो प्रयास जारी छ।’

यता ्मााधव नेपाल निकटका सदस्यहरूसँग छलफल गरेपछि प्रचण्डले आफूनिकट सदस्यहरूसँग खुमलटारमा छलफल गरेका थिए । छलफलमा प्रचण्डले वरिष्ठ नेता माधव नेपाल पनि स्थायी कमिटी बैठक बोलाउनैपर्ने पक्षमा रहेको र यसको विकल्प नरहेको समेत बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्