नेपालमा कोरोनाः संक्रमितको संख्या ५२ पुग्यो, १६ जना उपचारपछि निको भए

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । उपचारपछि निको भएर १६ जना घर फर्किएका छन् । बाँकीको बिभिन्न अस्पतालमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।

आइतवार मात्रै ३ जना नयाँ संक्रमित फेला परेका छन् । पछिल्लोपटक विराटनगरको कोशी अस्पतालमा परीक्षणका क्रममा झापाका ५० वर्षीय पुरुषमा कोभिड–१९ को स‌ंक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । आइतवार नै वीरगञ्जका दुईजना पुरुषमा पनि संक्रमण देखिएको थियो ।

वीरगन्जको नारायणी अस्पतालमा उपचाररत रहेका चार जना कोरोना संक्रमणबाट मुक्त भएकाहरुलाई आइतवार नै घर पठाइएको छ । उपचाररत रहेका पाँच जना मध्ये चार जनाको पिसिआर रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज गरिएकाहरुमा तीन जना भारतीय र एक जना रौतहटका १९ वर्षीय युवा रहेको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्