वेदकोट नगरपालिकामा एआई सम्बन्धि १ महिने तालिमका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

कञ्चनपुर- वेदकोट नगरपालिकाले AI (Artificial Intelligence) सम्बन्धि १ महिने तालिमका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

शनिवार आयोजना गरिएको उक्त १ महिने तालिमको अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख भोजराज बोहराको अध्यक्षता रहेको थियो भने विषिष्ट अतिथि नगर उप प्रमुख तुलसी जोशी, मुख्य प्रशिक्षक काठमाडाैं विश्वविद्यालयका प्राध्यापक, AI संकायका विभागीय प्रमुख तथा तालिमका प्रशिक्षक  डा. यज्ञ राज पण्डेय रहेका थियो । नगर प्रमुखको विषेश पहलमा आयोजना हुन लागेको उक्त कर्यक्रम सूचना प्रविधिलाई जोड दिई, सूचना प्रविधि विषय अध्ययन गरेका विद्यार्थीहरुका लागी बहुआयामिक तथा सिपको समेत विकास हुने आशा लिइएको छ।

वेदकोट नगरपालिकाका १० वटै वडा बाट प्राप्त ५५ आवेदनमा सूचना प्रविधि विषयमा स्नातक तह अध्ययनरत तथा अध्ययन गरिसकेका विद्यार्थिहरुलाई लक्षित गरि संचालनमा ल्याईएको उक्त तालिममा ३२ जना सहभागी छनौट भएका छन।

विभिन्न परम्परागत तालिम बाहेक यस क्षेत्रमा कुनै पनि स्थानीय सरकारले यस्ता किसिमका बहुआयामिक तथा सवलिकरण गर्ने तालिमको आयोजना गरेको देखिदैन । सूचना प्रविधिको विकास संगै यसको महत्व दिनानुदिन बढ्दै गईरहेको हुँदा नगर भित्र रहेका विद्यार्थीहरुका लागि समेत नौलो प्रयास वेदकोट नगरपालिकाले थालनी गरेको र उक्त कार्यक्रमबाट लाभान्वित सहभागीहरुको शैक्षिक पाठ्यक्रम बाहेक अतिरिक्त क्षमताको विकास गर्न आवस्यक रहेको तथा आगामि आर्थिक वर्षहरुमा पनि यस्ता किसिमका नवप्रवर्द्धनमा आधारित तालिमहरु संचालनमा ल्याईने नगर प्रमुख भोज राज बोहराको भनाइ छ।

शैक्षिक पाठ्यक्रम बाहेक सैद्धान्तिक विषयबस्तु समेटी प्रयोगात्मक विधिबाट प्रशिक्षार्थीहरुको क्षमता अभिबृद्धि गर्नेगरि उक्त तालिम संचालन गरिने तालिमका प्रशिक्षक  डा. यज्ञ राज पण्डेयले बताएका छन।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्