भारतमा लकडाउन खुकुलो, पसलहरु खोल्न पाइने

काठमाडौं – भारतले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लगाइएको लकडाउन खुकुलो गर्ने भएको छ ।

आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न सकिने भारतीय गृह मन्त्रालयले सूचना मार्फत जानकारी दिएको छ । तर पसलमा ५० प्रतिशत भन्दा बढी कामदार राख्न पाइने छैन । कामदारहरूले मास्कको अनिवार्य प्रयोग र दुरी कायम गर्नुपर्नेछ । मदिरा पसलहरू सञ्चालनको अनुमति भने दिइएको छैन । अत्याधिक संक्रमित रहेका र जोखिम क्षेत्र भने पसल खोल्न पाइने छैन । डिजास्टर म्यानेज कानून अनुसार राज्यले यो सूचना पालना नगर्न पनि सक्ने समेत भनिएको छ ।

केन्द्र सरकारले गुजरात, तेलंगाना र तमिलनाडुको चार जिल्लालाई उच्च निगरानीमा राखेको बीबीसीले जनाएको छ । भारतमा पहिलो चरणमा १२ चैतबाट २ वैशाखसम्मका लागि लकडाउन घोषणा गरिएको थियो । संक्रमितको संख्या बढ्दै गएपछि लकडाउन पनि २१ वैशाखसम्मका लागि बढाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्