भारतीय क्वारेन्टाइनमा राखिएका नेपालीलाई  घर फर्काउन शुरु

काठमाडौं – सरकारले कोभिड –१९ को  संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण भारतीय क्वारेन्टाइनमा राखिएका नेपालीलाई  घर फर्काउन शुरु गरेको छ ।

सरकारले प्रदेश नं ५ का नेपाल–भारत सीमा क्षेत्र बाँकेको जमुनाहस्थित दशगजा र रुपन्देहीको सीमा बेलहियास्थित भारत, नौतनहवा क्वारेन्टाइनमा बसेका २ सय ८२ नेपालीलाई शुक्रबार घर फर्काएको छ ।

नौतनहवास्थित क्वारेन्टाइनमा बसेका ३ सय ४६ नेपालीमध्ये शुक्रबार १ सय १ जना नेपाल प्रवेश गरेका छन् । नौतनवाका तीन  क्वारेन्टाइनमा नेपालीलाई २५ दिनदेखि राखिएको थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार अन्यलाई केही दिनमै फर्काइने छ । उनीहरुलाई गाउँपालिकामा निर्माण गरिएका क्वारेन्टाइनमा अझै १४ दिन राखेर स्वास्थ्य जाँचपछि मात्र घर पठाइने छ ।

बाँकेको जमुनाहस्थित दशगजाक्षेत्रको एकान्तबासमा बस्दै आएका १ सय ८१ नागरिकलाई पनि घर पठाइएको छ ।

गत चैत १८ गते नेपालगञ्ज नाकामा आइपुगेका उनीहरुलाई १९ गते दशगजा क्षेत्रमै पालको अस्थायी क्वारेन्टाइन बनाई बस्ने व्यवस्था गरिएको थियो । केन्द्रसँग समन्वय गरेर उनीहरुलाई घर पठाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्