लेकम गाउँपालिकाले अलपत्र नागरिकको उद्धार गर्ने, घर नफर्किनेलाई विशेष राहतको व्यवस्था

दार्चुला – लेकम गाउँपालिकाले लकडाउनका कारण काठमाडौँ, धनगढी, महेन्द्रनगर लगायत दशका विभिन्न ठाउँमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने भएको छ ।

लेकम गाउँकार्यपालिकाको बैशाख १३ गतेको निर्णय अनुसार लक डाउनका कारण देशका विभिन्न ठाउँमा अलपत्र परेका विद्यार्थी, मदजुदर, उपचार गराउन गएका तथा अन्य कामले घर फर्किन नसकेका नगरिकहरुलाई गाउँपालिकाले उद्धार गर्ने निर्णय गरेको हो । गाउँपालिकाले काठमाडौँ लगायत आसपास क्षेत्रको लागि शिवराज जोशी, र नरे गिरीलाई सम्पर्क गर्न भनेको छ, त्यसै कैलाली र अन्य जिल्लाका लागि कल्पना पाल र कुन्दनसिंह बोहरा तथा कञ्चनपुर जिल्लाका लागि इन्द्र साउँद, मोहन देव जोशी र जयदेव भट्टलाई आधिकारिक व्यक्ति तोकेको छ ।

गाउँपालिकाले घर फर्किन चाहनेलाई घर सम्म पुर्याउन व्यवस्थापन गर्ने र अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने पनि जानकारी गराएको छ, तर घर जानेलाई राहत भने नपाइने उल्लेख गरेको छ । घर नजानेलाई पनि गाउँपालिकाले राहत के–कति उपलब्ध गराउने बारे भने खुलाएको छैन । सामाजिक संजालमा २ हजार राहत दिने भनेर विभिन्न व्यक्तिहरुले पोष्ट गरे पनि गाउँपालिकाले आधिकारिक जानकारी भने गराएको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्