रमजान आजदेखि शुरु, विश्वभर मस्जिद बन्द

4k Drone Movie view sunset scene of Masjid Sultan Salahuddin Abdul Aziz Shah or Blue Mosque in Shah alam ,Selangor, Kuala lumpur, Malaysia.

काठमाडाैँ – इस्लाम धर्मावलम्बीहरुको पर्व रमजान आजदेखि शुरु भएको छ ।

एक महीनासम्म चल्ने यो पर्वमा मुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले बिहान ३.४३ बजेबाट बेलुका ६.३६ बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ ।

रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ ।

रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत् १४४० हो भने रमजान महीना नवौँ महीना हो ।

रमजान महीनामा मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महीनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ । दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु यो महीनाको ठूलो विशेषता हो ।

यो पर्वमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुनेगर्दछ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् । नfबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई भने रोजा बस्न अनिवार्य छैन् ।

विश्वभर मस्जिद बन्द

यसैबीच विश्वभर स्वास्थ्य महामारी बनिरहेको कोभिड—९ को संक्रमणका कारण यस बर्ष विश्वभरका प्रायः सबै मस्जिद बन्द गराइएका छन् ।

मुस्लिम धर्म गुरुहरुले सबैलाई घरमै बसेर नवाज पढ्न आग्रह गरेका छन् । रमदानका बेला मुस्लिम धर्मावलम्वीहरुले खचाखच हुने साउदी अरेवियाको मक्का मदिना, जेरुसेलम, पश्चिम गाजा क्षेत्र, इजिप्टएवम् पाकिस्तानमा कोरोना भाइरसको त्रासका कारण लकडाउन गरिएको छ । यसले गर्दा त्यहाँका सबै मस्जिदहरु बन्द गराइएका छन् ।

सबै मुस्लिम देशहरुले आफ्ना नागरिकहरुको सामुहिक प्रार्थनामा प्रतिवन्ध लगाउदै घरमै सुरक्षित बस्न भनेका छन् । -NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्