अप्ठ्यारोमा परेका नागरिकहरुलाई घर फर्काउनु पर्छ भन्ने कुरामा म प्रष्ट छु : सांसद ठगुन्ना

काठमाडौँ – दार्चुलाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले अप्ठ्यारोमा परेका नागरिकहरुलाई घर फर्काउनु पर्छ भन्ने कुरामा आफु प्रष्ट  रहेको बताएका छन्।

उनले शुक्रबार सामाजिक संजाल फेसबुक मार्फत नेपाली काँग्रेलाई इंगित गर्दै राजनीतिक पुर्वाग्रह नलिएर काम गर्दा पनि  विरोधी दलका कार्यकर्ताहरुले जिल्ला फर्किन चाहने व्यक्तिहरुलाई आफ्नो निर्देशनमा रोकिएको भन्ने कुराको खण्डन गरेका छन् ।  केहि विरोधि राजनीतिक दलका कार्यकर्ताहरुले सामाजिक संजामा आफ्नो नाम जोडेर अपवाह फैलाएको भन्दै कारवाहीको माग समेत गरेका छन् । उनले भनेका छन्, “लामो समयदेखि सीमा नाकामा अलपत्र नागरिकहरुलाई स्वदेश फर्काउनको लागि प्रधानमन्त्री ज्यू लगायत मन्त्रालयमा दिन दिनै धाउदै छु, व्यक्तिगत क्षमताले संभवहुने सहयोग दिनरात नभनि कुनै राजनैतिक पूर्वाग्रह नलिई काम गरिरहेको छु ।”
मेरो कारणले प्रमुख जिल्ला अधिकारीले पास रोकेको हो भने अभिलम्ब पास उपलब्ध गराउन पनि उनले माग गरेका छन् । अन्यथा विपद्को घडीमा नागरिकहरुको उद्धार गर्नुको शाटो भ्रम फैलाउने व्यक्तिहरुमाथि अभिलम्ब कारवाहीको माग गरेका छन् ।

 

शुक्रबार नै गणेश धामी नाम गरेको फेसबुक आइडीबाट सांसद ठगुन्नाको फोटो राखेर अरु जिल्लाका माननीय ज्यु हरु आफ्ना नागरिलाई सुरक्षित जिल्ला पठाइरहेका छन् तर हाम्रा माननीय प्रमुख जिल्ला अधिकारीलाई बारम्बार फोन गरेर जिल्ला फर्किने नागरिकलाई कुनै हालतमा पनि फर्किन नदिनु भनेर दबाब दिइरहेका छन् भनेर लेखेका छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्