प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता, यस्ता थिए देउवाका माग (विज्ञप्ति सहित)

File Photo

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनेलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले देउवा–ओली भेटमा देउवाले राखेका कुराबारे विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

शुक्रबार दिउँसो बालुवाटारमा भएको भेटका क्रममा देउवाले प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिएर गल्ती सच्चाएकोमा धन्यवाद दिए ।

‘दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनुभयो, त्यसका लागि धन्यवाद छ,’ देउवाले भने,‘तर एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन, तिनलाई कारबाही गर्नुपर्ने माग देशभरि उठेको छ । मेरो माग यही छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्