ओली र देउवाबीच भेटवार्ता पछि प्रचण्डको इन्ट्री, तीन नेताको छलफल हुदै

File Photo

काठमाडौं – विवादास्पद अध्यादेश खारेज भएकै दिन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच एक्लाएक्लै एक घण्टा भेटवार्ता भएको छ ।

ओली र देउवाबीच छुट्टै भेटवार्ता भएपछि नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि सो छलफलमा सहभागी भएका छन् ।

छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । ‘एक घण्टा द्विपक्षीय छलफल भएपछि अहिले अर्का अध्यक्ष प्रचण्डसहित त्रिपक्षीय छलफल भइरहेको छ,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।

कोरोना भाइरसको संक्रमणविरुद्ध सबै मिलेर अगाडि बढ्नेबारे छलफल भएको थापाले बताए ।

प्रतिपक्षसमेतको विरोधका कारण सरकारले शुक्रबार दुई अध्यादेश खारेज गरेको थियो । त्यसलगत्तै सुरुमा ओली र देउवाबीच तथा केहीबेरपछि ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्