ज्याक्सको आक्रामक शतकमा बेंगलुरु विजयी

काठमाडौँ – विल ज्याक्सको आक्रामक शतकसँगै रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल)मा तेस्रो जित हासिल गरेको छ।

आइतबार सम्पन्न खेलमा बेंगलुरुले गुजरात टाइटन्सलाई ९ विकेटले पराजित गरेको हो। जितसँगै पुछारमा रहेको बेंगलुरुले १० खेलबाट ६ अंक जोडेको छ। पराजित गुजरात समान खेलबाट ८ अंक जोड्दै सातौँ स्थानमा छ। गुरातले दिएको २०१ रनको लक्ष्य पछ्याएको बेंगलुरुले १६ ओभरमा १ विकेट गुमाउँदै २०६ रन बनायो। बेंगलुरुका ज्याक्सले अविजित रहँदै ४१ बलमा ५ चौका र १० छक्कासहित १०० रन बनाए। ओपनर तथा कप्तान फाफ डुप्लेसी २४ रनमा आउट हुँदा विराट कोहली ७० रनमा अविजित रहे।

कोहली र ज्याक्सले ७४ बलमा १६६ रनको विशाल साझेदारी गरेका थिए। गुजरातका साई किशोरले १ विकेट लिए। त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०० रन बनाएको थियो। गुजरातका साई सुदर्शनले अविजित रहँदै सर्वाधिक ८४ रन बनाए। ४९ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे। शाहरुख खान ५८ र कप्तान शुभमन गिल १६ रनमा आउट हुँदा डेभिड मिलर २६ रनमा अविजित रहे। बेंगलुरुका स्वप्रिल सिंह, मोहम्मद सिराज र ग्लेन मक्सवेलले १/१ विकेट लिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्