इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

इलाम – इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ २ हजार ६ सय १८ मतले अग्रता लिएका छन्।

पछिल्लो मत परिणामअनुसार नेम्वाङले ८ हजार ८ सय ९८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार २८० मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४ हजार ६३४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ३०५ मत पाएका छन्।

हालसम्म २१,८१० मत गनिएकाे छ, जसमध्ये २६१ मत बदर भएकाे छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्