पुनर्निर्माणमा उदाहरणीय कामः राष्ट्रपति भण्डारी

FILE PHOTO

काठमाडौं –राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा भूकम्पमा परी जीवन गुमाएकाहरुको स्मरण गर्दै उनीहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले आज जारी गरेको सन्देशमा विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरुबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका साथै ध्वस्त संरचनाको पुनःनिर्माणमा उदाहरणीय काम भैरहेको उल्लेख गरिएको छ ।

प्राकृतिक विपद्ले ल्याएको संकटका बेला दिनरात नभनी र दुःखकष्टको प्रवाह नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सबैलाई राष्ट्रपतिले धन्यवाद पनि दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्