सन् २०३० को एशियाली खेलकुद आयोजना गर्न कतार र साउदी अरेबिया प्रतिस्पर्धामा

काठमाडौं – क्षेत्रीय प्रतिद्वन्द्वि कतार र साउदी अरेबियामध्ये सन् २०३० को एशियाली खेलकुद कसले आयोजना गर्ने भन्ने सम्बन्धमा प्रतिष्पर्धा हुँदैछ ।

एसियाली ओलम्पिक काउन्सिलका अनुसार दुवै देशका राजधानी शहरहरू दोहा र र रियादले आवेदन दिएका छन् । आगामी नोभेम्बर २९ मा चीनको सान्यामा आयोजना हुने बैठकमा आयोजक देश छनौट गरिने एसियाली ओलम्पिक काउन्सिलले जनाएको छ ।

दोहाले यसअघि सन् २००६ मा एसियाली खेलकुदको आयोजना गरेको थियो भने साउदी अरेबियाले भने ठूला स्तरका खेलकुद प्रतियोगिताहरू हालसम्म आयोजना गरेको छैन ।

दुई देशबीचको कटुतापूर्ण कुटनीतिक सम्बन्धका कारण एसियाली खेलकुद प्रतियोगिताको आयोजक को हुने भन्ने विषय चासोका साथ हेरिएको छ ।

सन् २०१७ मा साउदी अरेबिया र खाडी क्षेत्रका अन्य देशहरूले सन् २०२२ को विश्वकप फुटबल आयोजक राष्ट्र कतारमाथि नाकाबन्दी लगाएपछि दुई देशबीच सम्बन्ध झनै बिग्रन पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्