दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं – आइतबार नेप्से दोहोरो अंकले बढेको छ ।  नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा रोकिएको हो ।

त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम भएको छ । आज ३१० कम्पनीका ६३ लाख ९३ हजार २४५ कित्ता सेयर २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँ बराबर कारोबार भएका थिए ।  आज दुई समूहको उपसूचक डेभलपमेन्ट बैंक र म्युचुअल फण्डको सेयर मूल्य घटेको थियो भने अन्य समूहको उपसूचक बढेका छन् ।

आज दोल्टी पावरको सेयर सर्वाधिक ९.८८ प्रतिशतले बढेको छ भने पिपुल्स पावरको सेयर मुल्य सबैभन्दा बढी ७.४६ प्रतिशतले घटेको थियो  । त्यसैगरी आज कारोबार रकमका आधारमा गोर्खाज फाइनान्सको १० करोड मूल्य बराबरको सेयर कारोबार भएको छ भने सर्वोत्तम सिमेन्टको ७ लाख ८८ हजार बराबरको शेयर कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्