सुदूरपश्चिमेली नेपाली समाज भारतको तेस्रो महाधिवेशन सम्पन्न, अध्यक्षमा महादेव भट्ट चयन

रामदत्त मिश्र, काठमाडाैँ – सुदूरपश्चिमेली नेपाली समाज भारतको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । शनिबार कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिमेली नेपाली समाज भारतको तेस्रो महाधिवेशन सम्पन्न भएको हो ।

सुदूरपश्चिमेली नेपाली समाज भारतका निवर्तमान अध्यक्ष कटक बहादुर विष्टको अध्यक्षता तथा  प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री दिलेन्द्र प्रशाद बडूको प्रमुख आथित्यमा भएको महाधिवेशन सम्पन्न भएको आयोजकले जनाएको छ । नेपाल वाहिर बसेर पनि नेपालको हक हितका लागि एकताको सुत्रमा बाधिएर सुदूरपश्चिमेली नेपाली समाज भारतले गरेको योगदान प्रशंसनीय रहेको पूर्वमन्त्री बडूले बताउनुभयो ।

यस्तै महाधिवेशनबाट अध्यक्षमा महादेव भट्टलाइ चयन गरेको छ ।  महाधिवेशनले अध्यक्षमा भट्टसँगै नयाँ कार्य समिति समेत विस्तार गरेको छ ।  जसमा बरिष्ठ उपाध्यक्षमा मान बहादुर साउद, प्रथम उपाध्यक्षमा बल बहादुर जैगढी, द्वितीय उपाध्यक्षमा धिरज विष्ट, महासचिवमा कबिराज पाण्डेय, सचिवमा दिपक धमाला, कोषाध्यक्षमा बासुदेव जोशी सह–कोषाध्यक्षमा दिल्लीराज जोशी चयन भएका छन् ।

यस्तै उत्तर संयोजकमा केशवदत्त भट्ट, उत्तर सहसंयोजकमा नरेंद्र अधिकारी, पश्चिम संयोजकमा शुरज प्रकाश ओझा, पश्चिम उप‍-संयोजकमा देवेन्द्र सावद, दक्षिण संयोजकमा पुरन धमाला, दक्षिण सह संयोजकमा भिम रसायली चयन भएका छन ।

यस्तै सदस्यहरु तर्फ जयदेव भट्ट, रामजन थापा, टेक बहादुर खड्का कुशल सावद, टेक रोकाया, बिष्णु खतीवडा, इन्द्र दयाल, भरत सावद, पदम जान बोहरा, कमल परियार, निशा भारद्वाज रहेका छन । यस्तै सरक्षकमा दिपक प्रकास मल्ल, प्रमुख सल्लाहकार कटक बहादुर विष्ट, सल्लाहकार दिपक बहादुर खडका रहेका छन ।

सुदूरपश्चिमेली नेपाली समाज भारतका नव अध्यक्ष महादेव भट्टले भारतमा रहेका नेपालीहरुको हकहितका क्षेत्रमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्