भोली देशभर सरकार विरुद्ध आन्दोलन गर्ने नेविसंघको घोषणा (विज्ञप्ति सहित)

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारद्वारा जारी राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै भोलि देशभर प्रदर्शन गर्ने भएको छ ।

विहीबार नेविसंघका अध्यक्ष राजीव ढुंगानले एक विज्ञिप्त जारी गरि अध्यादेश फिर्ता लिन माग गर्दै देशभर विरोध प्रदर्शन गर्ने लागिएको जनाकारी दिए । अध्यादेशविरुद्ध भोलि विहान ९ बजे ७७ वटै जिल्लाका प्रमुख स्थानमा संकेतिक विरोध प्रदर्शनका लागि उनले आह्वन गरे ।

विपत्तीको क्षणलाई पनि केपी ओली सरकारले आफू निरंकुशतर्फ अग्रसर हुन उपयोग गर्नु आपत्तिजनक भएको नेविसंघको ठहर छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्