भैँसेपाटी बैठकको निष्कर्षः सचिवालय र स्थायी कमिटी बैठक बस्नुपर्छ

फाइल फोटो 

काठमाडौँ – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका ६ जना सचिवालय सदस्यको भेलाले सचिवालय र स्थायी कमिटी बैठक बस्नुपर्ने निश्कर्ष निकालेको छ ।

भैसेपाटीस्थित उपाध्यक्ष बामदेब गौतमको निवासमा भएको भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल सहभागी थिए ।

यसअघि बुधबार २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठक बोलाउन माग गरेर अध्यक्षद्वयलाई पत्र पठाएका थिए ।

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी ओली सकारत्मक भएका छन् । सोमबार सरकारले दल विभाजनका लागि खुकुलो पार्ने अध्यादेश र संवैधानिक परिषदमा विपक्षी दलको नेता नभए पनि हुनेगरी अध्यादेश ल्याएको थियो ।

अध्यादेश फिर्ता गर्नका लागि नेकपाभित्र ठूलो दबाब परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्