भोजपुरका २६ वर्षीया युवकमा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ४८ पुग्यो

विराटनगर – कोराना संक्रमण परीक्षणका क्रममा आज साँझ थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भोजपुरका २६ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

उनको थ्रोट स्बावको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । यससँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । उनीहरुमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्