राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगे

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतलनिवास गएका छन् ।

पार्टीमा छलफल नै नगरी दुई अध्यादेश ल्याएपछि चर्को आलोचना खेपेका प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न बिहीबार साँझ शितल निवास पुगेका हुन् । प्रधानमन्त्री ओली शीतलनिवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि बिहीबार बिहान प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल लगायतका नेतासँग अध्यादेशबारे छलफल गरेका थिए । उक्त छलफलमा ओली आफू अध्यादेश फिर्ता गर्न तयार भएको बताएका थिए ।

राष्ट्रपतिका सञ्चार विज्ञ भेषराज दाहालले राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवास आउनु सामान्य भएको बताए । उनले सरकारका कामबारे रिपोर्टिङका क्रममा यस्ता भेटघाट भइरहने बताए ।

पछिल्लो विकसित घटनाक्रमलाई लिएर कसरी अघि बढ्ने भनेर नेकपा अध्यक्ष प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु पनि आपसी छलफलमा जुटेको बताइएको छ ।
रातोपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्