बेलायतमा पहिलो पटक २ विरामीलाई कोरोना भाइरस विरुद्धको खोप लगाइयो

काठमाडौँ – बेलायतमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप मानिसमा परीक्षण गर्न थालिएको छ ।

८ सय स्वयंसेवी मध्येका दुई स्वयंसेवीहरूबाट यसको परीक्षण सुरु गरिएको बिबिसीले जनाएको छ ।

यस मध्ये आधा मानिसलाई कोरोना भाइरसको खोप लगाइने छ भने आधालाई कोरोनाको नभई मेनिन्जाइटिस् विरुद्धको खोप लगाइनेछ । यसरी खोप लगाइएका मानिसलाई आफुले कुन खोप लगाएको भन्ने थाहा हुनेछैन । यद्यपि डाक्टरहरूले भने यसको रेकर्ड राख्नेछन् ।
अक्सफोर्ड युनिभर्सिटीमा तीन महिना लगाएर विकास गरिएको खोप परीक्षण गर्न थालिएको हो ।

कोरोना भाइरसविरुद्धको खोप लिनेमध्ये एक इलिसा ग्रानाटोले भनिन्, ’म वैज्ञानिक हुँ त्यसैले मैले सकेसम्म वैज्ञानिकहरुको प्रक्रियालाई सहयोग गर्नुपर्छ ।’

’यो खोपप्रति मलाई एकदमै विश्वास छ’, उनले भनिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्