गलैनाथ मावि झरकाडामा पहिलाेपटक ‘मातृभूमी छात्रवृत्ति अक्षयकोष’बाट छात्रवृत्ति प्रदान

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा अवस्थित श्री गलैनाथ माध्यमिक बिद्यालयमा पहिलाेपटक ‘मातृभूमी छात्रबृत्ति अक्षयकोष’बाट छात्रवृत्ति प्रदान गरिएको छ । सोमबार बिद्यालयले एक समारोहको आयोजना गर्दै  उल्लेखित अक्षयकोषबाट गत एक बर्षमा प्राप्त भएको रु १ लाख ४ हजार ३ सय ६३ रुपैँया ब्याजबाट ५ जना छात्रछात्राहरुलाई पहिलो छात्रबृत्ति प्रदान गरिएको अक्षयकोषका संस्थापक धर्मानन्द जोशीले जानकारी दिनुभयाे । जेहेन्दार, गरीब र उत्कृष्ठ छात्रछात्राहरुलाई छात्रबृत्ति प्रदान गरिएको थियो । कक्षा १० मा अध्यनरत भावना जोशीले रु २० हजार र प्रमाणपत्र, कक्षा १० कै गीता जोशीले रु १५ हजार र प्रमाणपत्र, कक्षा १२ मा अध्यनरत हेमन्ती जोशीले रु १३ हजार र प्रमाणपत्र, कक्षा १२ कै छात्र परमानन्द जोशीले रु १२ हजार र प्रमाणपत्र र कक्षा १० मा अध्यनरत हिरा महरले रु १० हजार र प्रमाणपत्र प्राप्त गरेका हुन् ।

यस्तै कक्षा-८,  र १२ का ३ जना उत्कृष्ठ बिषयगत शिक्षकहरुलाई पुरुस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । कक्षा ८ मा गणित विषय पढाउने दामोदर जोशीले उत्कृष्ठ बिषयगत शिक्षकका विषयगत पुरस्कार रु ३ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् भने कक्षा १२ का शिक्षकद्वय जयधन जोशी र नारायणदत्त जोशीले  रु ३ /३ हजार र प्रमाणपत्र प्राप्त गरेकाे संस्थापक जोशीले बताउनुभयाे ।

छात्रबृत्ति पाउन सफल जेहेन्दार, गरीब र उत्कृष्ठ छात्रछात्राहरु मध्ये ४ जना छात्रा छन् । छात्राहरुले छत्रवृत्ति पाउनुमा थप खुसी भएको संस्थापक जोशीको भनाइ छ ।

उल्लेखित छात्रबृत्ती र पुरुस्कार रकमका साथै प्रशासनिक खर्च जोडेर जम्मा रु ८६, ०००/- खर्च भएको छ। बाँकि रहेको ब्याज रु १८,३६३.६१ कोषको मुद्दती खातामा जम्मा गरिएको छ। साथै विद्यालयका शिक्षक जयधन जोशीले प्राप्त गर्नुभएको उत्कृष्ट शिक्षक पुरुस्कार रकम रु ३,०००/- र कामकाजको भत्ता रु २,०००/- समेत अक्षयकोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ। यसबाट सो अक्षयकोष अब रु ११,२३,३६३.६१ भएको संस्थापक जोशीले बताउनुभयो । ‘अक्षयकोष बढोत्तरी भएकोमा खुशी लागेको छ। यसबाट कालान्तरमा थप बिद्यार्थीहरुले छात्रबृत्ति पाउने सम्भावना बढेर गएको छ।’ संस्थापक जोशीले भन्नुभयो ।

२०७९ सालको पुस महिनामा जोशीले मातृभूमी छात्रबृत्ति अक्षयकोष स्थापना गर्नु भएको थियो । लेकमको हुनैनाथ मावि रातामाटा र शैल्यशिखरको गलैनाथ मावि झरकाडाँमा ११/११ लाखको अक्षयकोषको स्थापना गरिएको थियो । साे काेषको रकमबाट प्राप्त व्याजबाट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । हुनैनाथ मावि रातामातामा यस अघि नै छात्रबृत्ति प्रदान गरिएको छ ।

हुनैनाथ माविमा पहिलाेपटक ‘मातृभूमी छात्रबृत्ति अक्षयकोष’बाट छात्रवृत्ति प्रदान, संस्थापक जोशीले दिए बधाई

‘यी दुई बिद्यालयहरुमा स्थापित गरिएको ११/११ लाखको उल्लेखित मातृभूमी छात्रबृत्ति अक्षयकोष अमर रहनेछ। मरणशील मानबिय चोला भएकोले हामीहरु पनि हाम्रा पुर्खाहरु जस्तै सदैव यस धर्तीमा रहने छैनौ।’ संस्थापक जोशीले भन्नुभयो, ‘यो मातृभूमी छात्रबृत्ति अक्षयकोष बाचीरहनेछ। यो मातृभूमी छात्रबृत्ति कार्यक्रम दुरदराजका बिद्यार्थीहरु र शिक्षकशिक्षिकाहरु माझ एक प्रेरणाको श्रोत बनीरहनेछ। यस्ले शिक्षा क्षेत्रमा आफ्नै तरिकाले सकारात्मक प्रभाव पारिरहनेछ। यस सत्कर्मबाट हामी सबैको मन प्रसन्न भएको छ।’

संस्थापक जोशी शैल्यशिखर नगरपालिका वडा नं. ८ पपरथालाका स्थानीय बासिन्दा हुनुहुन्छ । उहाँ लामो समयदेखि काठमाडौँमाबस्दै आउनुभएको छ । उहाँले बेला बेलामा आफ्नो मातृभुभिको लागि विभिन्न सहयोग गर्दै आउनुभएको छ ।

यो पनि 

दार्चुलाका २ विद्यालयमा ‘मातृभूमि छात्रवृत्ति कार्यक्रम’का लागि ११/११ लाखको अक्षयकोष स्थापना गर्ने जोशीको घोषणा

समाजसेवी जोशीले स्थापना गरेको ‘मातृभूमि छात्रवृत्ति अक्षयकोष’का लागि डेढ लाख बढी सहयोग प्राप्त

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्