समाजसेवी जोशीले स्थापना गरेको ‘मातृभूमि छात्रवृत्ति अक्षयकोष’का लागि डेढ लाख बढी सहयोग प्राप्त

काठमाडौँ – समाजसेवी धर्मानन्द जोशीले स्थापना गरेको ‘मातृभूमि छात्रवृत्ति अक्षय कोष’ संचालनका लागि थप डेढ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । समाजसेवी जोशीले स्थापना गरेको अक्षयकोषलाई १ लाख ५८ हजार ४ सय रुपैयाँ सहयोग प्राप्त भएको जोशीले जानकारी दिए । उनका अनुसार उनी सँगै युएन इराकमा कार्यरत ३ जनाले उक्त रकम सहयोग गरेका हुन् । यो रकम थपिएपछि केहि थप विद्यार्थीले छात्रवृत्ति पाउने जोशलिे बताए । यो अक्षयकोषलाई अझै थप बलियो बनाउँदै जाने अध्यक्ष जोशीले बताए । जोशीले गत पुष महिनामा दार्चुालका २ विद्यालयलमा अक्षय कोषको स्थापना गरेका थिए । लेकम गाउँपालिकामा रहेको श्री हुनैनाथ मावि रातामाता र शैल्यशिखर नगरपालिकाका रहेको श्री गलैनाथ मावि झरकाडामा ११÷११ लाखको ‘मातृभूमि छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका थिए ।

यो पनि 

            दार्चुलाका २ विद्यालयमा ‘मातृभूमि छात्रवृत्ति कार्यक्रम’का लागि ११/११ लाखको अक्षयकोष स्थापना गर्ने जोशीको घोषणा

जोशी शैल्यशिखर नगरपालिका वडा नं. ८ का स्थानीय बासिन्दा हुन् । उनी लामो समयदेखि काठमाडौँमाबस्दै आएका छन् । उनले बेला बेलामा आफ्नो मातृभुभिको लागि विभिन्न सहयोग गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्