हुनैनाथ माविमा पहिलाेपटक ‘मातृभूमी छात्रबृत्ति अक्षयकोष’बाट छात्रवृत्ति प्रदान, संस्थापक जोशीले दिए बधाई

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिकामा अवस्थित श्री हुनैनाथ माध्यमिक बिद्यालयमा पहिलाेपटक मातृभूमी छात्रबृत्ति अक्षयकोषबाट छात्रवृत्ति प्रदान गरिएको छ । आइतबार बिद्यालयको ५६औँ वार्षिकोत्सब समारोह तथा अभिभावक दिवसको अवसरमा उल्लेखित अक्षयकोषबाट गत एक बर्षमा प्राप्त भएको रु १ लाख २ हजार ९ सय रुपैँया ब्याजबाट ५ जना छात्रछात्राहरुलाई पहिलो छात्रबृत्ति प्रदान गरिएको अक्षयकोषका संस्थापक धर्मानन्द जोशीले जानकारी दिनुभयाे । जेहेन्दार, गरीब र उत्कृष्ठ छात्रछात्राहरुलाई छात्रबृत्ति प्रदान गरिएको थियो । कक्षा १२ मा अध्यनरत रोहित प्रसाद जोशीले  रु २० हजार र प्रमाणपत्र, कक्षा १२ कै लोकमणी ओझाले रु १५ हजार र प्रमाणपत्र, कक्षा ९ मा अध्यनरत कलावती जाेशीले रु १३ हजार र प्रमाणपत्र, कक्षा १० मा अध्यनरत दुर्गा जोशीले रु १२ हजार र प्रमाणपत्र र कक्षा १२ मै अध्यनरत ज्योती टमाटाले रु १० हजार र प्रमाणपत्र प्राप्त गरेका हुन् । यस्तै कक्षा-८, १० र १२ का ३ जना उत्कृष्ठ बिषयगत शिक्षकहरुलाई पुरुस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । कक्षा १० र १२ मा नेपाली विषय पढाउने निलकण्ठ जोशीले उत्कृष्ठ बिषयगत शिक्षकका रुपमा दुवै कक्षाको विषयगत पुरस्कार रु ३/३ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् भने कक्षा ८ का शिक्षक दिपक बहादुर सिंहले रु ३ हजार र प्रमाणपत्र प्राप्त गरेकाे संस्थापक जोशीले बताउनुभयाे ।

‘छात्रबृत्ति पाउन सफल जेहेन्दार, गरीब र उत्कृष्ठ छात्रछात्राहरु तथा उत्कृष्ठ बिषयगत शिक्षकहरुलाई हामी धेरै धेरै धन्यबाद दिन चाहन्छौ।’ संस्थापक जोशीले भन्नुभयो,  ‘यो मातृभूमी छात्रबृत्ति कार्यक्रमले सबै समस्याहरुको समाधान नगर्ने भएपनि हाम्रा बालबालिकाहरुलाई यस्ले उत्प्रेरणा दिई उहाँहरुको सर्बाङ्गिण ब्यक्तित्त्व विकासमा महत्त्वपूर्ण योगदान दिई कालान्तरमा हाम्रो समाजले मातृभूमीलाई माया र बिकास गर्ने असल ब्यक्तित्त्वहरु प्राप्त गर्ने कुरामा हामी आशाबादी छौ।’

उल्लेखित छात्रबृत्ती र पुरुस्कार रकमका साथै प्रशासनिक खर्च जोडेर जम्मा रु ९३, ०००/. खर्च भएको छ। बाँकि रहेको ब्याज रु ७, ९००/. कोषको मुद्दती खातामा जम्मा गरिएको छ। रकम जम्मा भए पश्चातको कोष अब रु ११ लाख ०७ हजार ९ सय भएको संस्थापक जोशीले बताउनुभयाे । साथै पहिलो छात्रबृत्तिको प्रकृयालाई बिधान बमोजिम पारदर्शी तरवले कार्यान्वयन गरी  पहिलो महत्त्वपूर्ण पाईलालाई सहीरुपमा अगाडि बढाउन महत्त्वपूर्ण योगदान गर्नु भएकोमा प्रधानाध्यापक श्यामराज जोशी र शिक्षक नीलकण्ठ जोशीलाई संस्थापक जोशीले धन्यावाद समेत दिएका छन् ।

२०७९ सालको पुस महिनामा जोशीले मातृभूमी छात्रबृत्ति अक्षयकोष स्थापना गर्नु भएको थियो । लेकमको हुनैनाथ मावि रातामाटा र शैल्यशिखरको गलैनाथ मावि झरकाडाँमा ११/११ लाखको अक्षयकोषको स्थापना गरिएको थियो । साे काेषको रकमबाट प्राप्त व्याजबाट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

संस्थापक जोशी शैल्यशिखर नगरपालिका वडा नं. ८ पपरथालाका स्थानीय बासिन्दा हुनुहुन्छ । उहाँ लामो समयदेखि काठमाडौँमाबस्दै आउनुभएको छ । उहाँले  बेला बेलामा आफ्नो मातृभुभिको लागि विभिन्न सहयोग गर्दै आउनुभएको छ ।

यो पनि 

दार्चुलाका २ विद्यालयमा ‘मातृभूमि छात्रवृत्ति कार्यक्रम’का लागि ११/११ लाखको अक्षयकोष स्थापना गर्ने जोशीको घोषणा

समाजसेवी जोशीले स्थापना गरेको ‘मातृभूमि छात्रवृत्ति अक्षयकोष’का लागि डेढ लाख बढी सहयोग प्राप्त

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्