समाजवादी र राजपाबीच सम्मानजनक एकताः महतो

काठमाडौं – ‘जनता समाजवादी पार्टी’का नेता राजेन्द्र महतोले लकडाउन सकिएपछि एकताको बाँकी प्रक्रिया पूरा गर्ने बताएका छन् ।

बिहीबार बिहान दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका महतोले पत्रकारहरुसँग कुरा गर्दै अहिले कोरोना भाइरसबाट जीवन रक्षा गर्ने काम प्राथमिकतामा परेकाले एकताको बाँकी काम पछि गर्ने बताए । उनले भने, ‘पहिले जनताको जीवन रक्षा गर्नुपर्‍यो । लकडाउनपछि एकताको बाँकी प्रक्रिया पूरा गर्छौं ।’ उनले समाजवादी र राजपाबीच सम्मानजनक एकता भएको दाबी गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्