सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ। मंगलबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा चार सयले घटेको हो ।

सोमबार तोलामा एक लाख ३१ हजार ६ सयमा कारोबार भएको सुन आज एक लाख ३१ हजार २०० मा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै, आज तेजावी सुन एक लाख ३० हजार ५५० मा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि सामान्य रुपमा बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार ५४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्