कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ

सा‍ंकेतिक तस्वीर

कञ्चनपुर – कञ्चनपुरमा एकै दिन चार जना लागूऔषधसहित पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–१० सुकाशालस्थित सडकबाट अवैध लागूऔषध (खैरो हेरोइन) १ ग्राम ६० मिलिग्रामसहित ४ जनालाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका–५ का २२ वर्षीय धिरज बिष्ट, कृष्णपुर नगरपालिका–३ का २१ वर्षीय दिनेश बिष्ट, सुक्लाफाँटा नगरपालिका–१० का २८ वर्षीय रोशन चन्द र भीमदत्त नगरपालिका–१ का २६ वर्षीय प्रदिप परियार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०२००१ ह २२३० नम्बरको अटोलाई जाँच गर्न क्रममा अटोमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो। पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्