दार्चुलामा पुरूष मृत फेला

सांकेतिक तस्बिर

दार्चुला, १० चैत । दार्चुलामा एक पुरुष मृत फेला परेका छन्। महाकाली नगरपालिका वडा नम्बर १ कटौजेका अन्दाजी ४३ वर्षका चन्द्र सिंह कुँवर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए।

प्रहरी निरीक्षक सिंहका अनुसार शनिबार बिहान ८ बजेतिर महाकाली नगरपालिका वडा नम्बर ४ मोहती पिपलगैरामा कुँवर मृत भेटिएपछि घटनास्थलमा प्रहरी खटिएको र प्रारम्भिक अनुसन्धानमा पुरूषको लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। यस विषयमा थप अनुसन्धानमा भैरहेको उनले बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्