सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौं – सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । बिहीबार एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि हालसम्मकै उच्च भएको हो । ९ दिनअघि उच्च मूल्य रहेकोमा आज फेरी अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको छ ।

बिहीबार तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ सुनको मूल्य तय भएको छ । यसअघि बुधबार १ लाख २५ हजार २ सय रुपैयाँ थियो । फागुन २९ गते सुनको भाउले तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएकोमा सो रेकर्ड ९ दिनमै तोडिएको हो ।
चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५ कायम भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्