भियतनाममा दुइ बर्षमा तीन राष्ट्रपति, कम्युनिष्ट पार्टीका कारण बैदेशिक लगानी जोखिममा

काठमाडौं, ८ चैत । भो भान थुङले भियतनामको राष्ट्रपतिमा निर्वाचित भएको एक वर्षपछि बुधबार पदबाट राजीनामा दिएका छन् ।

लगत्तै उनको राजीनामा भियतनामी कम्युनिष्ट पार्टीले स्वीकृत गरेको छ । भियतनामी सरकारले एक विज्ञप्ति जारी गरेको छ । जहा भनिएको छ कि राष्ट्रपति थुङले पार्टी नियमहरू उल्लङ्घन गरेका छन र उनका कमजोरीका कारण पार्टी प्रति जनमत घटने अवस्था पुगेको छ ।

 

‘उनको कमजोरीले जनमतमा नकारात्मक असर पारेको छ, पार्टी, राज्य र व्यक्तिगत रूपमा उनको प्रतिष्ठामा असर गरेको छ,’ सरकारले राजिनामा स्विकृत गर्दै भनेको छ ।

 

५३ वर्षीय नेताको राजीनामा भियतनाम प्रहरीले एक दशकअघि केन्द्रीय भियतनामको क्वाङ न्गाइ प्रान्तका पूर्व प्रमुखलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको घोषणा गरेको केही दिनपछि आएको थियो, जहाँ थुङ पार्टी प्रमुख हुँदा त्यहाँ सेवा गरेका थिए, सोही कार्यकालमा भ्रष्टचार भएको पुष्टी भए पछि पार्टीले उनलाइ राजिनामा गर्न लगाएको हो ।

आफ्नो नियन्त्रणमा रहेका अधिकारीलाइ नियम उल्लंघन र गलत काम गराएको आरोप लगाउँदै यसअघि न्गुएन सुआन फुकलाइ पनि राजिनामा गर्न लगाइएको थियो । उनको राजीनामा पछि थाउङलाई गत वर्ष भियतनामको राष्ट्रपतिमा नियुक्त गरिएको थियो। अब आउने नयाँ राष्ट्रपतिसँगै भियतनाममा दुइ बर्ष भित्रै तेस्रो राष्ट्रपतिले सपथ लिने अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

 

यसैबिच, भियतनामले भर्खरै राजनीतिक उथलपुथल देख्न थालेको छ र थुङको राजीनामाको पछिल्लो विकासले देशमा विदेशी लगानीकर्ताहरूको विश्वासलाई चोट पुर्‍याउन सक्ने अनुमान गरिएको छ । नयाँ राष्ट्रपतिको छिटो निर्वाचनबाट यो राजनीतिक संकट समाधान हुनसक्ने भएता पनि व्यापारिक भावनामा चोट पुर्‍याउने बुझिएको छ ।

 

मुलुकका शीर्ष नेताहरूको बारम्बार हेरफेरले मुलुक अझै जोखिममा रहेको देखिएको छ । अप्रत्यक्ष रूपमा भियतनाममा विदेशी लगानीमा ठूलो मात्रामा निर्भर छ। र त, भियतनाममा राष्ट्रपतिको राजिनामाको खबर यसै हप्ताबाट आउन सुरू गरे पछि बजारमा नकारात्मक असर देखिन थालेको छ । किनभने, हो ची मिन्ह सिटी स्टक एक्सचेन्ज, देशको मुख्य बजार, व्यापारको पहिलो घण्टामा लगभग ३ प्रतिशतले ब्यापार घटेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्