बाँसबारी जग्गा प्रकरणमा सिआइबीले लियो विनोद चौधरीसँग बयान

काठमाडौँ – बाँसबारीको छाला जुत्ता कारखानाको १० रोपनी जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान लिएको छ। बिहीबार बिहान ७ बजेदेखि सिआइबीले बयान लिइरहेको हो।

अब केही बेरमा बयान सकिने सिआइबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए। यसअघि बुधबार सिआइबीले चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै सभामुख देवराज घिमिरेलाई पत्र लेखेको थियो।

काठमाडौंको बाँसबारीमा रहेको १० रोपनी सरकारी जग्गाको कागजात कीर्ते गरी निजी बनाएको भन्दै सिआइबीले छानबिन गरिरहेको छ।बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको भन्दै सिआइबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो। सोही प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विनोद चौधरीमाथि पनि छानबिन गर्न भन्दै प्रहरीलाई निर्देशन दिएका थिए।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्