अनेरास्ववियुको पृष्ठभूमिबाट राजनीतिमा उदाएका दुइ नेता प्रमुख सचेतक र सचेतक

काठमाडौँ – नेकपा एमाले संसदीय दलको सचेतक सुनिता बराल नियुक्त भएकि छिन् ।  यस अघिका सचेतक महेश बर्तौला प्रमुख सचेतकमा बढुवा भएपछि बरालले सचेतककाे जिम्मेवारी पाएकी हुन् ।  बर्तौला यसअघि सचेतक रहेका थिए । प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि एमाले संसदीय दलका नेता समेत रहेका केपी शर्मा ओलीले मंगलबार बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरेका हुन् ।

वर्तौला मकवानपुर २ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई पराजित गरेर निर्वाचित भएका हुन् । त्यस्तै सुनिता बराल समानुपातिक सांसद हुन् । बर्तौला र बराल दुवै अनेरास्ववियुको पृष्ठभूमिबाट राजनीतिमा उदाएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्