भिमेश्वर आइडलको उपाधी विश्राम पाण्डेलाई

काठमाडौँ – काठमााडौँको गोठाटारमा अवस्थित भिमेश्वर ऐकेडेमीले आयोजना गरेको गायन प्रतियोगिता (सिंगिङ आइडल) २०८० को विजेता विश्राम पाण्डे भएका छन् ।
मंगलबार विद्यालययले एक कार्यक्रम गरि सम्पन्न गरेको आइडलको विजेता पाण्डे बनेका हुन् । यस्तै उपविजेता रिया श्रेष्ठ र तृतीय स्थान अमिसा पहाडीले हात पारेकी छिन् । गायन प्रतियोगितामा ३० जनाभन्दा बढी प्रतियोगीको सहभागिता रहेको आयोजक भिमेश्वरले जनाएको छ । प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई अभिभावक दिवसको अवसरमा सोहि दिन ट्रफि, मेडल र प्रमणपत्र दिइने प्रिन्सिपल अमृतकुमार खड्काले जानकारी दिए । अब भिमेश्वर आइडललाई निरन्तरता दिने पनि उनको भनाइ थियो । जजको भुमिकामा भने संगितकार खड्क गन्धर्व रहेका थिए । उनी रेडियो नेपालमा कार्यरत छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्