मोरङमा किशोरीको हत्या गर्ने २४ घन्टा नबित्दै पक्राउ

मोरङ – रहस्यमय तरीकाले एक किशोरीको  विभत्स हत्या गरि फरार रहेको अभियुक्तलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरी रहेका छन् । रगतको छिर्का नसुक्दै प्रहरी वरिष्ठ उपरीक्षक नवराज कार्कीको कुशल अनुसन्धानमा प्रहरीले घट्ना भएको भोलिपल्टै हत्यारालाई पक्राउ गर्न सफल भएको हो। अहिले साँझ ५ बजे मोरङ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी हत्यारालाई सार्वजनिक गर्ने भएको छ। किशोरीको शव पोस्टमार्टमको लागि धरान स्थित बिपि स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ शवको पोस्टमार्टम भोली गरिने भएको छ।

उनलाई सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०:३० बजेतिर धारिलो हतियार प्रहार गरिएको थियो । ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार उनी पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्