लागूऔषधसहित कञ्चनपुरबाट दुई जना पक्राउ

कञ्चनपुर – कञ्चनचनपुरबाट दुई जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–१२ स्थित झुलङ्गे पुलबाट लागूऔषध खैरो हेरोइन ३ ग्राम २९ मिलिग्रामसहित सोही नगरपालिका–६ ऐठपुरका २० वर्षीय शिरीस बोगटी समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र प्रहरी चौकी झुलुङगेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्