सामाजिक कार्यमा नेपाल व्यापार संघ, बृद्धाश्रममा पुगेर वाटर डिस्पेन्सर हस्तान्तरण

काठमाडौं – नेपाल व्यापार संघले वृद्धाश्रममा विद्युतीय सामग्री हस्तान्तरण गरेको छ ।
नेपाल व्यापार संघका अध्यक्ष हरि गौतम, सदस्य सुशीला चौलागाईं सहितको टोलीले हिमालय वृद्धाश्रम केन्द्रमा तातोपानीको लागि आवश्यक पर्ने वाटर डिस्पेन्सर हस्तान्तरण गरेको हो । चिसो पानीले बृद्धअवश्थामा धेरै संक्रमण हुन सक्नेभन्दै उक्त सामग्री उपलब्ध गराएको हो ।
उहाँहरूले बृद्धाश्रममै पुगेर उपलब्ध गराएका थिए । आफुहरूलाई आवश्यक परेको सामग्री पाउदा बृद्धबृद्धाहरू खुसि भएका छन् ।
नेपाल व्यापार संघ व्यापारी व्यवसायीहरूको हकहितका लागि आवाज उठाउनुका साथै सामाजिक कार्यमा समेत सकृय रहेको पाईन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्