आयरल्याण्ड ए टिम नेपाल आउदै, टी-२० तथा एकदिवसीय सिरिज खेल्ने

काठमाडौं – आयरल्याण्ड क्रिकेटको ए टिम नेपाल भ्रमणमा आउने भएको छ । नेपालमा आयरल्याण्ड ए ले नेपालको राष्ट्रिय टिम र नेपाल ए विरुद्ध टी-२० तथा एकदिवसीय सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आयरल्याण्ड ए ले नेपालको राष्ट्रिय टिमसँग २ वटा टी-२० खेल खेल्ने छ भने नेपाल ए सँग ३-३ खेलको टी-२० र एकदिवसीय सिरिज खेल्ने भएको छ । क्यानका अनुसार नेपाल र आयरल्याण्ड ए टिमबीच आगामी मार्च २४ र २५ मा टी-२० खेल हुने छन् । त्यस्तै मार्च २८, २९ र ३१ मा नेपाल र आयरल्याण्ड ए बीच टी-२० सिरिजका खेलहरु हुने छन् भने अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल हुने छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्