नेपाल व्यापार संघका अध्यक्ष गौतम र कर कार्यालय ठमेलका प्रमुखबिच भेटवार्ता

काठमाडौं – नेपाल व्यापार संघका अध्यक्ष हरि गौतम र आन्तरिक राजश्व कार्यालय ठमेलका शाखा प्रमुख बिमला अधिकारीबिच भेटवार्ता भएको छ ।

व्यवसायीहरू र कर कार्यालयका कर्मचारी एक अर्काका परिपुरक भएकोले एक अर्कोलाइ सहयोग तथा समन्वय गरि अघि बढ्ने बिषयमा छलफल भएको छ । साथै व्यापारी तथा व्यवसायीहरूलाई तालिम दिने, कर तिर्न प्रोत्साहन गर्ने तथा करका बिषयमा कर शिक्षा दिने लगायतका बिषयमा छलफल भएको छ।


हालै भोटाहिटी क्षेत्रमा अनुगमन तिब्र पारेको बिषयमा जानकारी लिन अध्यक्ष सहित नेपाल व्यापार संघका पदाधिकारी भेट्न गएका थियो । भेटका क्रममा मायाको चिनो आदानप्रदान गरि बिदाई भएका छन् ।
व्यापारीहरूको हरेक समस्यामा अग्र भई खटिने अध्यक्ष सम्बन्धित प्रतिनिलाई भेटेर सामाधान गर्न जुटिरहने नेतृत्वकर्ता हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्