गुगलको एआइले मोदीका बारेमा आपत्तिजनक जवाफ दिए पछि भारतले जनायो आपत्ति

नयादिल्ली, १३ फागुन । विश्वको सबैभन्दा ठूलो प्राविधिक कम्पनी गुगलले एआईलाई लिएर विवादको बीचमा लगातार चुनौतीहरूको सामना गरिरहेको छ।

 

गुगलले भर्खरै च्याटजिपिटीसँग प्रतिस्पर्धा गर्न आफ्नो एआई मोडेल बार्डलाई जेमिनीको रूपमा पुनः ब्रान्ड गरेको छ तर यो लगातार विवादमा परिरहेको छ।

 

यसै सन्दर्भमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गुगलले अब नयाँ समस्याको सामना गर्नु पर्ने भएको छ ।

 

जब जेमिनी एआईलाई पीएम मोदीको बारेमा सोधियो, आपत्तिजनक जवाफ दिइयो।

 

एक प्रयोगकर्ताले सामाजिक सञ्जालमा सो कुराकानीको स्क्रिनसट पोस्ट गरे, त्यसपछि यो पोस्ट भाइरल भयो, जसले भारतका इलेक्ट्रोनिक्स र आईटी राज्यमन्त्री राजीव चन्द्रशेखरको ध्यान पनि खिच्न पुग्यो ।

 

त्यसपछि सम्बन्धित पोष्ट सेयर गर्दै मन्त्री चन्द्रशेखरले उक्त मामिलामा गुगल एआईको आपत्तिजनक प्रतिक्रियामा धेरै कानून उल्लङ्घन भएको बताए । उनले लेखेका छन, ‘यो आईटी ऐनको मध्यस्थ नियमको नियम ३.१. (बी) को सीधै उल्लङ्घन हो र फौजदारी संहिताका धेरै प्रावधानहरू पनि उल्लङ्घन भएको छ।

 

इन्डियन एक्सप्रेसको एक रिपोर्टको अनुसार आईटी मन्त्रालयले प्रधानमन्त्री मोदीको विवादास्पद जवाफको बारेमा गुगललाई नोटिस पठाउन लागेको छ र मन्त्रालयले सूचना पठाउने प्रक्रियामा लागि परेको छ ।

 

उक्त पोस्ट भाइरल भएपछि प्रयोगकर्ताहरूले गुगलको एआई पक्षपाती भएको आरोप लगाएका छन्। वास्तवमा, जेमिनी एआईलाई पीएम मोदी, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको बारेमा एउटै प्रश्न सोधिएको थियो तर मोदीको सबालमा भने एआईले फरक तरिकाले जवाफ दिए।

 

ट्रम्प र युक्रेनको मामलामा जेमिनीले सीधा जवाफ दिनबाट जोगिन र कूटनीतिक अडान अपनाए र गुगल सर्च गर्न सुझाव दिए जबकि पीएम मोदीको मामलामा जेमिनीको जवाफ सीधा थियो। यसका आधारमा प्रयोगकर्ताहरूले गुगलको एआईले अमेरिका र यसका सहयोगी राष्ट्रहरूका लागि फरक र अन्य देशहरूको लागि फरक दृष्टिकोण अपनाइ रहेको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्