नक्कली नोट सहित एक जना बाराबाट पक्राउ

बारा, ११ फागुन । बाराको निजगढ नगरपालिका-९  स्थित बजारमा नक्कली नोट दिइ सामान खरिद गर्दैगरेको अवस्थामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका-२ दौरवा बस्ने ३४ वर्षीय दिपेन्द्र माझीलाई नक्कली भारतीय नोटसहित प्रहरीले पक्राउ गरेको हो ।

 

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनको साथबाट एक हजार दरका दुई थान नोट गरी दुई हजार नक्कली भारतीय रुपैयाँ सहित नियन्त्रणमा लिएको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्