अमेरिकी तेलको मूल्य इतिहासमा पहिलोपटक ऋणात्मक

काठमाडौं – अमेरिकी तेलको मूल्य इतिहासमा पहिलोपटक ऋणात्मक भएको छ । बीबीसीका अनुसार मई महिनामा भण्डारण क्षमता नै नरहने त्रासका बीच तेल उत्पादकले खरिदकर्तालाई पैसा तिरेको छ ।

लकडाउनले विश्व समुदाय घरभित्र हुँदा तेलको माग घटेको छ । परिणामस्वरुप तेल खरिदकर्ताले बढी उत्पादन भएको तेल भण्डारण गर्न टयाङ्कर भाडामा लगाएको छ । जसले गर्दा भण्डारण अभावमा तेलको मूल्य ऋणात्मक हुन पुगेको हो । भण्डारणकर्ताले भण्डारण वापत अतिरिक्त मूल्य लिन थालेका छन् ।
अमेरिकी तेलको बेञ्चमार्क वेष्ट टेक्सास इन्डरमीडिएटको तेल मूल्य प्रतिब्यारेल ३७.६३ डलर ऋणात्मक भएको छ । मागको स्तब्धता यति भयावह छ की मानिसले अपेक्षा नै नगरेको अवस्थामा मूल्य पुगेको ऊर्जा विश्लेषक स्टिवार्ट ग्लिकमनले बताए ।
बीबीसीका अनुसार समुद्र र जमीन दुबैमा भण्डार क्षमता छिट्टै भरिदैछ । यस्तो अवस्थामा तेलको मूल्य अझै घट्ने अनुमान गरिएको छ । स्वास्थ्य संकटको अवधिको आधारमा तेलको अन्तर्रा्ष्ट्रिय मूल्य घटबढ हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्