बैशाख महिनामा हिउँ पर्न थालेपछि ……….. (भिडियाे सहित)

सिन्धुपाल्चोक – बैशाखको महिना पनि सिन्धुपाल्चोकको हेलम्बुमा हिउँ परेको छ । हेलम्बु गाउँपालिकाको मेलम्ची घ्याङ, तार्के घ्याङ, ठाडे पाटी लगायत ठाउँमा हिउँ परेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

गए रातिदेखि परेको हिउ अहिलेसम्म नै नरोकिएको अध्यक्ष शेर्पाले बताए । चैत वैशाखमा मेलम्चीको तल्लो भागसम्म हिउँ परेको यो पहिलो पटक भएको उनले बताए ।

“चैत बैशाखमा यति तल तल सम्म हिउँ परेको यो पहिलो पटक हो, यो के अचम्म हो बैशाखमा पनि हिउँ पर्दैछ।” अध्यक्ष शेर्पााले भने ।

अहिलेको हिउँले खेतबारी सिँचाई भएर बालीनाली सप्रने हुँदा राम्रो भएको अध्यक्ष शेर्पाको भनाइ छ । यस अघि पनि हेलम्बुमा हिउँ परेको थियो । हेलम्बु काठमाडौँबाट सबैभन्दा नजिकको पर्यटकीय गन्तव्य पनि हो ।

तस्विर: कालु शेर्पा लामा

भिडियाे कालु शेर्पा लामाको फेसबुक वालबाट 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्