विश्वमा कोरानाः १ लाख ७० हजार भन्दा धेरैको मृत्यु, झण्डै २५ लाख संक्रमित

काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा १ लाख ७० हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ ।

वल्ड्रो मिटरको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म एक लाख ७० हजार ४ सय ३६ जनाको मृत्यु भएको छ । त्यस्तै २४ लाख ८१ हजार २ सय ८७ जना संक्रमित भएका छन् । त्यस्तै ६ लाख ४६ हजार ८ सय ५४ जना उपचारपछि निको भएका छन् ।

यो भाइरसका कारण सबैभन्दा धेरै अमेरिकामा ४२ हजार ५ सय १४ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या ७ लाख ९२ हजार ७ सय ५९ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्